टोक्नु
Romanized: toknu
साह्रो र चपाउनुपर्ने कुनै खानेकुरो दाँतले टुक्रा पार्नु; दाँतले च्यापेर फोर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत त्रुट्+नु]
१.
साह्रो र चपाउनुपर्ने कुनै खानेकुरो दाँतले टुक्रा पार्नु; दाँतले च्यापेर फोर्नु।
२.
अरूलाई दुख्ने गरी शरीरका कुनै अङ्गमा दाँतले च्याप्नु; दाँतले चिथर्नु; दार्नु।
३.
डड्ङ्क मार्नु; डस्नु।
४.
ग्रहगतिअनुसार नजिकका आफन्तलाई पिर्नु।
५.
कचकच गर्नु; टोकस्नु।