ढाक्नु

Romanized: dhaaknu, dhaknu

कुनै वस्तु वा भाँडालाई ढकनी, रुमाल आदिले छोप्नु; बन्द गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत ढक्कन]

१.
कुनै वस्तु वा भाँडालाई ढकनी, रुमाल आदिले छोप्नु; बन्द गर्नु।
२.
कुनै ठाउँ, क्षेत्र आदि व्याप्त गर्नु वा फैलिनु।
३.
ठाउँ लिनु, ओगट्नु।
४.
कामकुरो भ्याउनु।
५.
कुनै कुरो वा चिज लुकाउनु।

सम्बन्धित शब्दहरू