ढाडिनु

Romanized: dhaadinu, dhadinu

कागत, काठजस्ता वस्तु र बिरौला वा दाना भएका खाद्य पदार्थ आदि पानी वा ओसमा परेर फुल्नु; भिज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत ढढरिअ८ संस्कृत धाडन+नु]

१.
कागत, काठजस्ता वस्तु र बिरौला वा दाना भएका खाद्य पदार्थ आदि पानी वा ओसमा परेर फुल्नु; भिज्नु।
२.
खानपिन वा वायुका विकारले पेट फुल्नु; ढुस्सिनु।
३.
गलगिद्द हुने गरी खानु; त्यसरी खाँदा अपच भई पेट उकुसमुकुस हुनु।
४.
पानी पर्लाजस्तो भएर पनि नपर्नु।
५.
गर्भ लिनु; पेट बोक्नु।

सम्बन्धित शब्दहरू