तर
Romanized: tar, tara
तर (tar) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तर(१)
(संयोजक [संस्कृत तर्हि])
1.
त्यसो हो तापनि; परन्तु; किन्तु। (उदा.- मेहनत त निकै पर्यो, तर मूल्याङ्कन कस्तो हुन्छ थाहा छैन।)
तर(२)
(नाम [ संस्कृत])
१..
नदी, पुल, बाटो आदि पार गर्ने काम; तराइ, हिँडाइ।
२..
बाटो।
३..
विशेषण शब्दका पछिल्तिर गाँसिएर कसैको अपेक्षा बढी गुण भएको बुझाउने एक प्रत्यय (जस्तै अधिकतर, गुरुतर, महत्तर, बृहत्तर इ)।)।
तर(३)
(नाम [√ तर])
१..
तताएको दुधमा माथितिर लाग्ने बाक्लो पत्र; दुधदहीमा जम्ने सारवस्तु।
२..
पानी आदि तरल वस्तुमा माथितिर जमेको ठाँटो।
३..
कुनै काम कुराको थान्को वा थिति; तह। (उदा.- कति दिनदेखि प्रयास गरे तापनि यो काम तर लाउन सकिएन।)।
तर(४)
(विशेषण [फारसी])
1.
पानी वा पसिनाले निथुक्क भिजेको; निथाचूर्ण; आर्द्र। (उदा.- आज दिउँसोको गर्मीको के बयान गर्नु, म त पसिनाले तर भएँ। दिदी बजार पनि पुग्न नपाई पानीले तर हुनुभएछ।)
उदाहरण वाक्य
- मेहनत त निकै पर्यो, तर मूल्याङ्कन कस्तो हुन्छ थाहा छैन।
- कति दिनदेखि प्रयास गरे तापनि यो काम तर लाउन सकिएन।
- आज दिउँसोको गर्मीको के बयान गर्नु, म त पसिनाले तर भएँ। दिदी बजार पनि पुग्न नपाई पानीले तर हुनुभएछ।