अन्तर
Romanized: antar, antara
कुनै उत्तरपदका अगिल्तिर लागी सो आधारपदका सन्दर्भका माझमा, भित्री रूपमा, मातहतमा अथवा परस्परको भन्ने अभिप्राय… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय [संस्कृत]
१.
कुनै उत्तरपदका अगिल्तिर लागी सो आधारपदका सन्दर्भका माझमा, भित्री रूपमा, मातहतमा अथवा परस्परको भन्ने अभिप्राय जनाउने पूर्वपद (अन्तरविद्यालय, अन्तरात्मा इ.)।
२.
कुनै आधारपदका अगिल्तिर लागी त्यसको माझको वा मध्य भागको भन्ने अभिप्राय जनाउने पूर्वपद (जस्तै- अन्तरविद्यालय निबन्ध प्रतियोगिता, अन्तरसंस्थान खेलकुद कार्यक्रम इ.)।
३.
(नाम)
कुनै दुई वस्तु, व्यक्ति, सङ्ख्या, कामकुरा, ठाउँ, समय आदिका बिचको भिन्नता; फरक; भेद।
४.
अवकाश, अन्तराल; दुरी।
५.
दुई व्यक्ति वा समूहमध्ये एकलाई काखा र अर्कालाई पाखा गर्ने काम; भेदभाव; पक्षपात। (उदा.- बाबुआमाले छोरा र छोरीका बिच अन्तर गर्नु हुँदैन।)
६.
मन, हृदय वा अन्तस्करण। (उदा.- आफ्नो अन्तरको कुरा जो पायो उसलाई खोल्नुहुँदैन)।
७.
(परसर्ग)
कुनै आधारपद वा पूर्वपदका पछिल्तिर लागी सोभन्दा अर्को वा अन्य भन्ने वा त्यसको परिवर्तन बुझाउने उत्तरपद (कालान्तर, देशान्तर, स्थानान्तर इ.)।
उदाहरण वाक्य
- बाबुआमाले छोरा र छोरीका बिच अन्तर गर्नु हुँदैन।