दक्षिणा

Romanized: dakshinaa, dakshina, daksinaa, dakshin

यज्ञ, पूजाआजा, श्राद्ध आदि देव-पितृकार्यमा कार्य पूरा भएपछि ब्राह्मणहरूलाई दिइने द्रव्य; चाडपर्व आदिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यज्ञ, पूजाआजा, श्राद्ध आदि देव-पितृकार्यमा कार्य पूरा भएपछि ब्राह्मणहरूलाई दिइने द्रव्य; चाडपर्व आदिका अवसरमा छोरीचेली, ज्वाइँ आदिलाई दिइने धन; दच्छिना।
२.
दक्षिण दिशा।
३.
दुधालु गाई।
४.
अरू स्त्रीसँग सम्बन्ध राख्ने नायकलाई पनि प्रेम गर्ने चतुर नायिका।
५.
यज्ञकी पत्नी।

सम्बन्धित शब्दहरू