दार

Romanized: daara, daar, dar, dara

दार (daara) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दार(१)

(नाम [प्रा दढ < संस्कृत दृढ])
१..
बाक्लो बोक्रा तथा खस्रा लाम्चा पात हुने र काठबाट ठेकी, आरी आदि बनाइने, रातो रङको, एक जातको रुख।
२..
सोही रुखको काठ।

दार(२)

(परसर्ग [फारसी])
1.
अन्य मूल शब्दका पछिल्तिर लागेर भएको, सहितको आदि अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (इमानदार, वजनदार, दानादार इ.)।

दार(३)

(नाम)
१..
आकारप्रकार; डिलडौल; कद।
२..
आदत; बानी; लत।

दार(४)

(नाम [संस्कृत])
१..
भासिएर वा चर्किएर बनेको धाँजो; चिरो।
२..
चिर्ने वा फार्ने काम।
३..
पत्नी; भार्या।

सम्बन्धित शब्दहरू