धाम
Romanized: dhaama, dhaam, dham, dhama
बस्ने, ओतिने र अडिने ठाउँ; गृह; घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बस्ने, ओतिने र अडिने ठाउँ; गृह; घर।
२.
बसोबासका निम्ति सुरक्षित स्थान; वासस्थान।
३.
शरीर; देह; जिउ।
४.
शोभा; सुषमा; श्री।
५.
तेज; किरण; प्रभाव।
६.
देउदेउताहरू रहेको प्रसिद्ध ठाउँ; स्वर्ग; पुण्यस्थान; तीर्थ।