नायक
Romanized: naayaka, naayak, nayak, nayaka
कुनै लक्ष्यप्राप्तिका निम्ति समाजको नेतृत्व गर्ने व्यक्ति; कुनै दल वा समुदायलाई अगाडि लैजाने व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै लक्ष्यप्राप्तिका निम्ति समाजको नेतृत्व गर्ने व्यक्ति; कुनै दल वा समुदायलाई अगाडि लैजाने व्यक्ति; जनसमुदायको अग्रगण्य व्यक्ति; अगुवा; नाइके; नेता।
२.
मार्ग निर्देशन गर्ने व्यक्ति; पथप्रदर्शक ।
३.
कुनै घर, संस्था वा देशको सर्वोपरि व्यक्ति; स्वामी; मालिक।
४.
दश सेनापति माथिको सेनापति।
५.
काव्य, नाटक आदि साहित्यिक विधामा प्रधान रूपले चरित्रचित्रण गरिएको पुरुष पात्र (काव्यशास्त्रमा मानिएका नायकका धीरोदात्त, धीरोद्धत, धीरललित र धीरप्रशान्त- यी चार प्रमुख अथवा दक्षिण, धृष्ट, अनुकूल र शठ यी चार गौण भेद गरी जम्मा सोह्र भेद र तिनका पनि उत्तम, मध्यम र अधम तीन भेदले गर्दा जम्मा हुन आउने अठचालिस भेदमध्ये कुनै एक भेद)।
६.
हारका बिचमा जडिएको मणि।
७.
जपमालामा राखिएको ठुलो दाना; सुमेरु।