पक्ष
Romanized: paksha, paksh, paks, paksa
उड्ने जीवजन्तुहरूको शरीरका दुवैपट्टि रहेका, उड्न मद्दत गर्ने प्रायः भुत्लावाल अङ्ग; पखेटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उड्ने जीवजन्तुहरूको शरीरका दुवैपट्टि रहेका, उड्न मद्दत गर्ने प्रायः भुत्लावाल अङ्ग; पखेटा।
२.
ढोकाका फग्लँटा वा खापा; द्वार।
३.
कुनै वस्तुका दायाँ-बायाँ रहने अवयव; पाश्र्व।
४.
कुनै वस्तुको आधा भाग।
५.
प्रतिपदादेखि औंसी वा पूर्णिमासम्मका पन्ध्र दिन; चान्द्रमासको आधा महिना।
६.
कुनै विषयका अनेक तत्त्व वा दल।
७.
झगडा वा विवाद गर्नेहरूमध्ये कुनै एक व्यक्ति वा दल।
८.
सहायक वा समान वर्गको जमात।
९.
बाणका फेदमा लागेको प्वाँख।
१०.
नदीको किनारा; तट।
११.
जमिनको भिरालो भाग; पाखो।
१२.
छानाका दुई भिराला पाटा। ना.
१३.
(यो.)
तिर; तर्फ; पट्टि ।