विपक्ष
Romanized: vipaksha, vipaksh, wipaksha, wipaksh
कुनै दल वा मान्यताको उल्टो दल वा मान्यता; विरोधी पक्ष; प्रतिकूल पक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै दल वा मान्यताको उल्टो दल वा मान्यता; विरोधी पक्ष; प्रतिकूल पक्ष।
२.
शत्रु, दुस्मन; वैरी।
३.
वादी वा प्रतिवादी; झगडिया।
४.
कुनै पक्ष वा सम्प्रदाय आदिको पक्षमा नलाग्ने काम; निष्पक्षता।
५.
(विशेषण)
उल्टो; प्रतिकूल; विपरीत।
६.
पक्षपात नभएको; निष्पक्ष ।
७.
पखेटा नभएको।