परी
Romanized: paree, parii, pari
परी (paree) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
परी(१)
(नाम [संस्कृत प्रति])
१..
तरिका; काइदा; ढर्रा; ढाँचा।
२..
थरी; प्रकार। (उदा.- उनीसँग परीपरीका कुरा गर्न कसले सक्छ!)
परी(२)
(नाम [संस्कृत परि])
१..
सविस्तार वर्णन; व्याख्या।
२..
लम्बेचौडे कुरो; बेलीविस्तार (उदा.- उनी परी लाएर कुरा गर्न सिपालु छन्।)।
परी(३)
(नाम [फारसी])
१..
पखेटा हुने एक कल्पित स्त्रीजाति; अप्सरा।
२..
पुराना दन्त्यकथा, पुराण आदिमा वर्णित, आवश्यक पर्दा प्रकट हुने र नपर्दा अदृश्य हुने शक्ति भएकी सुन्दरी।
३..
अति राम्री युवती; परमसुन्दरी स्त्री।
उदाहरण वाक्य
- उनीसँग परीपरीका कुरा गर्न कसले सक्छ!
- उनी परी लाएर कुरा गर्न सिपालु छन्।