पाक्नु

Romanized: paaknu, paknu

पाक पुग्नुः परिपक्व हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पाक+नु]

१.
पाक पुग्नुः परिपक्व हुनु।
२.
फलहरू रसपरिपाक भएर खान वा व्यवहारमा ल्याउन लायक हुनु।
३.
घाउखटिरा आदिमा पिप भरिनु।
४.
ज्याला, तलब आदिको आर्जन पूरा हुनु।
५.
चित्त दुख्नु; पिरिनु वा पिर हुनु।
६.
मानिसका रौं सेता हुनु।
७.
उमेर वा बुद्धि छिप्पिनु।

सम्बन्धित शब्दहरू