पिण्ड
Romanized: pind, pinda
सानो वा ठुलो कुनै खँदिलो डल्लो; गोलाकार कुनै वस्तु; बाटुलो पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सानो वा ठुलो कुनै खँदिलो डल्लो; गोलाकार कुनै वस्तु; बाटुलो पदार्थ।
२.
श्राद्धमा पितृका नाममा छोरा वा नाति आदिद्वारा चढाइने भात वा जौको पिठाको डल्लो; पितृलाई दिने उद्देश्यले बाटिएको भात वा जौको डल्लो।
३.
मन नपरीकन कसैलाई दिएको खानेकुरा ।
४.
शरीर; देह।
५.
गाँस।
६.
अर्काले दिएको खानेकुरा (तुच्छार्थमा)।