पुनर्नवीकरण
Romanized: punarnavikaran, punarnawikarana, punarnawikaran, punarnaveekarana
एकपल्ट बिग्रिएको, भत्किएको वा कुनै कारणले मैलो भएको वस्तु वा कुनै मालसामानलाई फेरि नयाँ बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एकपल्ट बिग्रिएको, भत्किएको वा कुनै कारणले मैलो भएको वस्तु वा कुनै मालसामानलाई फेरि नयाँ बनाउने काम।
२.
म्याद सिद्धिन लागेको वा सिद्धिसकेको सन्धि, सम्झौता आदिलाई फेरि पहिलेको जस्तै रूप वा नयाँ रूप दिने काम।
३.
संविधानका कुनै धारा वा ऐननियमका कुनै दफामा तोकेको म्याद सकिएर निष्क्रिय भएपछि फेरि घोषणाद्वारा सक्रिय पार्ने काम।
४.
परिस्थितिवश धमिलिएको वा रोकिएको काम-कुरोलाई नयाँ रूप दिने वा फेरि सुरु गर्ने काम।
५.
बन्दुक, रेडियो आदिको लाइसेन्सलाई नियमानुसार म्याद थपी फेरि नयाँ रूप दिने काम।