पेच
Romanized: pecha, pech, pec, peca
झन्झट; बखेडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
झन्झट; बखेडा।
२.
चलाकी; धूर्तता।
३.
छनक; व्यङ्ग्य।
४.
बेरिएको डाँडो; घुमाएर कस्ने एक प्रकारको डोल्सी परेको किलो।
५.
भित्री वैमनस्य; गुप्त षड्यन्त्र।
६.
कुनै डन्डी, काँचको सिसी वा धातुको नलीमा ढिम्री वा बिर्को कस्नका निम्ति बनाइएको फनफनी घुमेको रेखा; गुना।
७.
कुस्ती आदि खेल्दा अर्कालाई पछार्ने युक्ति; कुनै प्रतिद्वन्द्वितामा अर्कालाई हराउने युक्ति।
८.
चङ्गा उडाएर लडाउँदा दुई पक्षका चङ्गाको धागा जोल्ट्याउने काम।
९.
पगरीको अगिल्तिर शोभाका निम्ति जडिएको आभूषण; कल्की; शिरपेच।