पोल्नु
Romanized: polnu
कुनै व्यक्ति वा वस्तुलाई आगो, घाम आदिले जलाउनु; डढाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत प्लुष्+नु]
१.
कुनै व्यक्ति वा वस्तुलाई आगो, घाम आदिले जलाउनु; डढाउनु।
२.
आगोमा हालेर पकाउनु।
३.
अर्काको गोप्य कुरा खोल्नु।
४.
कुनै अभियुक्तले मतियारहरूलाई वा अन्य कसुरदारहरूलाई वा बेकसुरका मान्छेहरूलाई समेत अपराधी देखाउनु; अपराधमा मुछ्नु।
५.
अरूको चुक्ली लगाउनु।
६.
(अकर्मक क्रिया)
पिरो वा त्यस्तै ज्वलनशील पदार्थ परी शरीरको कुनै भागमा पीडा उत्पन्न हुनु, भबाउनु; टट्टाउनुः।
७.
ज्वरो आदिले शरीरमा ताप अनुभव हुनु।
८.
मनमा चिन्ता पर्नु।