प्रतिवादी
Romanized: prativaadi, pratiwaadi, pratiwadi, prativaadee
झुटो वा चित्त नबुझ्दो कुराको जवाफ दिने व्यक्ति; अकर्काले भनेका कुराको खण्डन गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
झुटो वा चित्त नबुझ्दो कुराको जवाफ दिने व्यक्ति; अकर्काले भनेका कुराको खण्डन गर्ने व्यक्ति।
२.
मुद्दामामिलामा वादीका कुराको विरोधमा उत्तर दिने व्यक्ति; वादीको झगडिया।
३.
वादीले भनेका कुरा वा लगाएको आरोपको उत्तर लेखिएको पत्र; प्रत्युत्तरपत्र।