प्रयोग
Romanized: prayog, prayoga
कुनै वस्तु वा विषयलाई व्यवहारमा लगाउने कार्य; उपयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा विषयलाई व्यवहारमा लगाउने कार्य; उपयोग।
२.
नीति, नियम, सिद्धान्त आदिको स्थापना गरी कार्यरूपमा ल्याउने प्रक्रिया; परीक्षण।
३.
कुनै किसिमका शस्त्र, अस्त्र आदिलाई व्यवहारमा ल्याउने कार्य; इस्तेमाल।
४.
मारण, मोहन, उच्चाटन, वशीकरण आदिका निम्ति मन्त्रको व्यवहार।
५.
दृष्टान्त; उपमा; उदाहरण।
६.
आरम्भ; प्रारम्भ; थालनी।