प्रवेश

Romanized: pravesha, pravesh, prawesha, prawesh

बाहिरबाट भित्र जाने वा पस्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाहिरबाट भित्र जाने वा पस्ने क्रिया।
२.
कुनै क्षेत्र, वर्ग, सङ्घ आदिमा नियमपूर्वक हुने सामेली।
३.
कुनै विषय वा शास्त्रसम्बन्धी प्रारम्भिक ज्ञान।
४.
कुनै कार्यविशेषको सहभागिता।
५.
संस्था आदिमा होइने वा गरिने भर्ना।
६.
समावेश; प्रविष्टि।
७.
(विशेषण) प्रविष्ट।

सम्बन्धित शब्दहरू