प्राक्
Romanized: praak, prak
सबैभन्दा पहिलेको; सबैभन्दा अगाडिको (पूर्वपदका रूपमा समासमा मात्र प्रयोग हुने शब्द, जस्तै- प्राक्कथन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबैभन्दा पहिलेको; सबैभन्दा अगाडिको (पूर्वपदका रूपमा समासमा मात्र प्रयोग हुने शब्द, जस्तै- प्राक्कथन, प्राक्कल्पना, प्राङ्मुख, प्रागैतिहासिक इ.)।
२.
अगिल्तिरको; सामुन्नेको।
३.
पूर्वको; पूर्वीय।