प्रौढ

Romanized: praudh, praudha

राम्रोसँग बढेको; सलक्क भएको वा हल्केको; प्रवृद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्रोसँग बढेको; सलक्क भएको वा हल्केको; प्रवृद्ध।
२.
युवावस्था पार गरेको; तिसदेखि पचास वर्षभित्रका अवस्थाको।
३.
धेरै अनुभव भएको; पाको।
४.
परिपक्व ।
५.
बलवान्; शक्तिशाली ।
६.
निपुण; चतुरो ।
७.
गम्भीर; गूढ।
८.
(नाम) परिपक्व उमेर भएको व्यक्ति; प्रबुद्ध व्यक्ति।
९.
तान्त्रिकहरूमा चलेको चौबिस अक्षरबाट बनेको मन्त्र।

सम्बन्धित शब्दहरू