फल
Romanized: phal, fala, fal, phala
ऋतुकालअनुसार रुख, लहरा आदिमा पहिले फूल फुल्ने र पछि तिनै फूलसँग सम्बद्ध भएर निस्की विकसित हुने बोक्रा, गुदी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ऋतुकालअनुसार रुख, लहरा आदिमा पहिले फूल फुल्ने र पछि तिनै फूलसँग सम्बद्ध भएर निस्की विकसित हुने बोक्रा, गुदी र बीजले युक्त वस्तु।
२.
कुनै कार्यविशेषको परिणाम; नतिजा; लाभ।
३.
धार्मिक विश्वासअनुसार पूर्वजन्ममा गरिएका कर्मको यस जन्ममा र यस जन्ममा गरिएका कर्मको परजन्ममा भोग्नुपर्ने दुःख वा सुख।
४.
आफ्ना बल, बुद्धि एवं परिश्रमबाट प्राप्त हुने उपलब्धि।
५.
गणितका प्रक्रियाबाट प्राप्त अङ्क; उत्तर।
६.
उद्देश्य; प्रयोजन।
७.
बाण, भाला आदिको अगिल्लो भाग।
८.
अण्डकोश; आँडा।