फुक्नु

Romanized: fuknu, phuknu

फुक्नु (fuknu) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फुक्नु(१)

(सकर्मक क्रिया [कुँक्क+नु])
1.
गाईबस्तुले हान्न खोज्दा वा जुध्नका निम्ति निउँ खोज्दा नाक र मुखबाट 'फूँ' शब्द निकाल्नु।

फुक्नु(२)

(अकर्मक क्रिया [फुस्क+नु])
१..
डोरी, धागो आदिको बन्धन वा गाँठो खुस्कनु; फुस्कनु।
२..
नियन्त्रणबाट मुक्त हुनु, छुटकारा पाउनु।
३..
मात्राभन्दा बढी खर्च गर्नु; सम्पत्ति सक्नु।

फुक्नु(३)

(सकर्मक क्रिया [प्राकृत फुक्क+नु])
१..
मुख अलिकति खुला पारेर वेगसित सास छोड्नु, फुफु गर्नु।
२..
सासले कुनै हलुको वस्तु उडाउनु।
३..
रोग शान्त गर्न मन्त्र पढेर फुफु गर्नु; झारफुक गर्नु।
४..
सासका वेगले आगो बाल्नु वा सल्काउनु।
५..
शङ्ख आदि बजाउनु।
६..
कानमा गुप्त कुरा गर्नु।
७..
होच्याउनु, नचाहिँदो निन्दा गर्नु।
८..
आवश्यकभन्दा बढी खर्च गर्नु।

सम्बन्धित शब्दहरू