फुसुक्क

Romanized: phusukk, fusukka, fusukk, phushukka

फुसुक्क (phusukk) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फुसुक्क(१)

(क्रियाविशेषण [अनुकरण मूल फुसुक्+क])
१..
सजिलैसित फुस्कने वा खुस्कने गरी।
२..
एकै छिनमा निदाउने चालसँग।
३..
कसैलाई थाहै नदिई काम गरिसिध्याउने किसिमले।

फुसुक्क(२)

(क्रियाविशेषण [अनुकरण मूल फुसुक्क])
१..
विचारै नगरी वा नअनकनाईकन दिने गरी; खुरुक्क ।
२..
गुप्त तबरले कुनै काम गर्ने किसिमले; खुसुक्क।
३..
कुनै कुरो कसैबाट सजिलैसँग फुस्काउने वा खुस्काउने गरेर।
४..
गाँठो फुक्ने वा फुकाउने किसिमले।
५..
हलुका चालले लड्ने वा पल्टने गरी।

सम्बन्धित शब्दहरू