भत्कनु
Romanized: bhatkanu
पर्खाल, भित्तो, छानो, गारो, ढिस्को, डिल, खात आदि खस्नु वा लड्नु; ढल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत भट्ठ+नु]
१.
पर्खाल, भित्तो, छानो, गारो, ढिस्को, डिल, खात आदि खस्नु वा लड्नु; ढल्नु।
२.
कुनै कामव्यवहार बिग्रनु; लथालिङ्ग हुनु, भताभुङ्ग हुनु; बिग्रनु।