भाव
Romanized: bhaava, bhaav, bhaawa, bhav
कुनै वस्तु वा विषयका अस्तित्वमा आउने, रहने वा प्रस्तुत हुने स्थिति वा तत्त्व; सत्ता; अस्तित्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा विषयका अस्तित्वमा आउने, रहने वा प्रस्तुत हुने स्थिति वा तत्त्व; सत्ता; अस्तित्व।
२.
चिन्तन वा कल्पनातरङ्गका क्रममा मनमा उत्पन्न हुने कुनै भाव; विचार।
३.
कथन वा लेखनको मुख्य अभिप्राय; आशय; तात्पर्य
४.
देवताप्रतिको श्रद्धा; भावना; आस्था।
५.
कसैले कुनै विषयमा व्याख्या वा सङ्केत गर्दा उत्पन्न हुने मानसिक प्रतिक्रिया।
६.
भावभङ्गी; हाउभाउ, चेष्टा।
७.
तीन भाव- स्थायी, व्यभिचारी र सात्त्विकमध्ये कुनै एक।
८.
सङ्गीत, नृत्य, नाटक आदिमा विषयको अभिप्राय व्यक्त गर्नाका निम्ति स्वर, नेत्र, मुख आदिको आकार बदल्ने काम।