भूमि
Romanized: bhoomi, bhuumi, bhumi
पृथ्वीको स्थलभाग; भूमि; जमिन; भुईं; धरती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वीको स्थलभाग; भूमि; जमिन; भुईं; धरती।
२.
ठाउँ; स्थान (जन्मभूमि, मातृभूमि आदि)।
३.
कुनै देश वा भूभाग (आर्यभूमि, भारतभूमि आदि)।
४.
लिच्छविकालीन भूमिको नापोअनुसार एक रोपनीजतिको परिमाण।
५.
बौद्धधर्मका हीनयानमा रहने चार, महायानमा रहने दश र वज्रयानमा रहने तेह्र अवस्था।
६.
कुनै वस्तुको आधार वा आश्रयस्थल (पृष्ठभूमि, कर्मभूमि आदि)।
७.
घरको अलगअलग खण्ड; तला; भुइँतला।
८.
खेती गर्न लायक जमिन; खेतीपाती गरिने जग्गा।