मकर
Romanized: makar, makara
ज्योतिषको बाह्र राशिमध्ये धनुभन्दा पछि र कुम्भभन्दा अघि पर्ने दसौं राशि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्योतिषको बाह्र राशिमध्ये धनुभन्दा पछि र कुम्भभन्दा अघि पर्ने दसौं राशि।
२.
मकरसङ्क्रान्तिदेखि प्रारम्भ हुने महिना; माघ महिना।
३.
ठुलो र डरलाग्दो एक जलजन्तु।
४.
ग्राह।
५.
माछो।
६.
कुबेरका नौ निधिमध्ये एक।