मर्म
Romanized: marm, marma
चोटपटक लाग्दा वा एक्कासि बजँदा साह्रै दुख्ने र ज्यानसमेत जाने सम्भावना हुने शरीरको कोमल अङ्ग; मर्मस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चोटपटक लाग्दा वा एक्कासि बजँदा साह्रै दुख्ने र ज्यानसमेत जाने सम्भावना हुने शरीरको कोमल अङ्ग; मर्मस्थल।
२.
शरीरका हाड, नसा आदिको जोर्नी; सन्धिस्थल।
३.
गुप्ती कुरो; आन्तरिक रहस्य; भेद।
४.
भित्री आशय; केन्द्रीय भाव; तात्पर्य।
५.
भित्री चोट; आन्तरिक वेदना; मर्का।