मुछ्नु
Romanized: muchhnu, muchnu
रसदार पदार्थमा मिलाएर खाइने खानेकुरालाई मासमिस गर्नु; सरोबर वा सालेमाले पार्नु (दालभात, दुधभात, दहीचिउरा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत म्रक्षण > मुछ्+नु]
१.
रसदार पदार्थमा मिलाएर खाइने खानेकुरालाई मासमिस गर्नु; सरोबर वा सालेमाले पार्नु (दालभात, दुधभात, दहीचिउरा आदि)।
२.
कुनै दोष वा अपराधमा आरोपित गर्नु; बोर्नु