लुछ्नु

Romanized: luchhnu, luchnu

जबर्जस्ती तानेर छुट्ट्याउनु; चुँडाल्नु; चुँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत लुञ्छ+नु]

१.
जबर्जस्ती तानेर छुट्ट्याउनु; चुँडाल्नु; चुँड्नु।
२.
दाँत, नङ्ग्रा आदिले चिथोर्नु; नङ्ग्याउनु।
३.
जबर्जस्तीसित लिनु; खोस्नु।
४.
चाम्रो वस्तु पक्रेर तान्नु; खिंच्नु।
५.
लाछ्नु; लछार्नु।
६.
भुत्ला अलग्याउनु; भुत्ल्याउनु।

सम्बन्धित शब्दहरू