रहनु
Romanized: rahanu
बस्नु; ठहर्नु; टिक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत रहनु]
१.
बस्नु; ठहर्नु; टिक्नु।
२.
मौजुद हुनु; उपस्थित हुनु; विद्यमान हुनु।
३.
गतिमा अडान आउनु; रोकिनु; थामिनु।
४.
कुनै वस्तुको अवशेष बच्नु; बाँकी हुनु; बच्नु।
५.
जहाँको तहाँ छुट्नु, छोडिनु।