वाचक
Romanized: vaachaka, vaachak, vachaka, waachaka
कुनै व्यक्ति वा वस्तुलाई निर्देश गर्ने वा जनाउने; वाची (जस्तै- व्यक्तिवाचक, नामवाचक, सङ्ख्यावाचक आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै व्यक्ति वा वस्तुलाई निर्देश गर्ने वा जनाउने; वाची (जस्तै- व्यक्तिवाचक, नामवाचक, सङ्ख्यावाचक आदि)।
२.
मौखिक।
३.
(नाम)
सप्ताह, पुराण आदि भन्ने मुख्य पण्डित।
४.
बाच्ने वा भन्ने व्यक्ति; पाठक।
५.
पाठ गर्ने वा बाच्ने शैली; वाचनशक्ति।