विधि
Romanized: widhi, bidhi, vidhi
कामकुरो गर्ने तरिका; प्रणाली; रीति; ढङ्ग; शैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कामकुरो गर्ने तरिका; प्रणाली; रीति; ढङ्ग; शैली।
२.
आदेश, आज्ञा; निषेधको उल्टो रूप।
३.
चाँजोपाँचो; व्यवस्था; प्रबन्ध।
४.
धर्मशास्त्र वा प्रामाणिक ग्रन्थहरूमा बताइएको शास्त्रीय नियम ।
५.
आचरण; व्यवहार ।
६.
कर्म; प्रारब्ध; भाग्य।
७.
ऐनकानुन; विधान।
८.
रचना; निर्माण।
९.
सृष्टिका देवता; ब्रह्मा।