विशेष

Romanized: vishesha, vishesh, wishesha, visesha

गुण, धर्म, परिमाण आदिमा अरूभन्दा बढ्ता; अरूभन्दा विशिष्ट किसिमको; असाधारण । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गुण, धर्म, परिमाण आदिमा अरूभन्दा बढ्ता; अरूभन्दा विशिष्ट किसिमको; असाधारण ।
२.
विलक्षण।
३.
अधिक।
४.
(नाम) विशिष्टता।
५.
न्यायशास्त्रअनुसार द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय, अभाव आदि सात पदार्थमध्ये एक।
६.
विशेष गुणद्वारा वस्तुको परिचय गराइँदा हुने एक अर्थालङ्कार।
७.
कुनै खास परिस्थिति वा समयमा कार्यान्वित हुने वा चल्नेचलाइने (जस्तो- विशेष उत्पादन, विशेष काम, विशेष डाँक, विशेष छुट, विशेष प्रस्ताव इ.)।

सम्बन्धित शब्दहरू