संयम

Romanized: sanyama, samyam, sanyam, sangyama

दबाउने वा रोकेर राख्ने क्रिया वा भाव; वशमा राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दबाउने वा रोकेर राख्ने क्रिया वा भाव; वशमा राख्ने काम।
२.
नैतिक वा धार्मिक दृष्टिले मनलाई विषय वासनासम्बन्धी अनुचित वा हानिकारक मार्गमा प्रवृत्त हुनुबाट रोक्ने काम; इन्द्रियनिग्रह।
३.
स्वास्थ्यको दृष्टिमा हानिकारक वस्तुको सेवन गर्नुबाट बचाउने काम; परहेज।
४.
व्यावहारिक दृष्टिले आफूलाई अनुचित काममा प्रवृत्त हुनुबाट बचाउने काम।
५.
क्रोध, घमन्ड आदि आउन नदिने काम; शान्त भएको अवस्था वा स्थिति।
६.
बन्धन।
७.
योगक्रियामा ध्यान, धारणा र समाधिको साधन।
८.
उद्योग; प्रयत्न।

सम्बन्धित शब्दहरू