संस्कार

Romanized: samskaara, sanskaara, samskaar, sanskaar

अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम; सुधार; शुद्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम; सुधार; शुद्धता।
२.
कुनै वस्तुको मरम्मत; जीर्णोद्धार।
३.
पवित्र पार्ने काम; संशुद्धि।
४.
खाने कुरा पकाइ तुल्याइ गर्ने काम।
५.
भाँडाकुँडा आदिको सरसफाइ।
६.
रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा।
७.
वैदिक विधिअनुसार गरिने ब्राह्मण जातिका सोह्र संस्कार वा कृत्य (गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्राशन, कर्णवेध, विद्यारम्भ, चूडाकर्म, केशान्त, उपनयन, वेदारम्भ, समावर्तन, विवाह र अन्त्येष्टि)।
८.
अन्त्येष्टि क्रिया; दाह-संस्कार।

सम्बन्धित शब्दहरू