सत्र
Romanized: satr, shatra, shatr, satra
सत्र (satr) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सत्र(१)
(नाम [प्राकृत सत्तरह])
१..
सोह्रपछिको सङ्ख्या वा गन्ती; १७- को अङ्क।
२..
तास, पासा आदि खेलको दाउविशेष।
३..
मनमाफिकको सन्जोग; राम्रो मौका; फलिफाप।
सत्र(२)
(नाम [संस्कृत])
१..
विद्यालयमहाविद्यालय आदिको पढाइ हुने समय वा कार्यावधि; शैक्षिक वर्ष।
२..
सभा, संस्था आदिको केही समयसम्म नियमित रूपले तथा निरन्तर हुने बैठक वा अधिवेशन।
३..
तेह्र दिनदेखि सय दिनभित्रमा समाप्त गरिने एक यज्ञ, होम।
४..
महात्मा, साधु वा असमर्थ गरिबहरूलाई नियमित रूपले भोजन दिइनेबाँडिने ठाउँ; सदावर्त; दानपुण्य।
५..
आश्रय लिइने ठाउँ; घर; गृह।