सन्धि
Romanized: shandhi, sandhi
परस्परमा मिल्ने काम; मेलमिलाप; मित्रता; मैत्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परस्परमा मिल्ने काम; मेलमिलाप; मित्रता; मैत्री।
२.
दुई वस्तुका माझको खाली ठाउँ; अन्तर।
३.
दुई वा त्यसभन्दा बढी वस्तु वा अवयव जोडिएको ठाउँ; जोर्नी; गाँस।
४.
मर्मस्थल; जननेन्द्रिय आदि।
५.
परस्परको विरोध हटाई मेलमिलापसँग रहन तथा सहयोगी हुन दुई राष्ट्र वा समूहका बिचमा गरिएको मैत्रीपूर्ण वाचा-बन्धन; सम्झौता।
६.
एक अवस्था वा युगको समाप्ति भई अर्को अवस्था वा युगको प्रारम्भ हुने समय।
७.
व्याकरणमा नियमले उच्चारण गरिने ठाउँका अघिल्लो शब्दको अन्त्य वर्ण र पछिल्लो शब्दको आदि वर्ण केही परिवर्तित भई एकरूप भएर मिल्ने काम वा नियम।
८.
नाटकमा प्रधान कुरासँग सम्बन्धित कथाको पाँच अवान्तर सम्बन्ध (मुख, प्रतिमुख, गर्भ, विमर्श, र निर्वहण)।
९.
चोरले घरमा घुस्नका निम्ति खनेको सुरुङ वा प्वाल; सेंध।