साधक
Romanized: saadhaka, saadhak, sadhak, shaadhaka
साधक (saadhaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
साधक(१)
(विशेषण [संस्कृत])
१..
तप, मन्त्र, साधना आदिद्वारा कुनै कुरा सिद्ध गर्ने।
२..
कुनै कुराको सिद्धिका लागि तप वा मन्त्र साधना गर्ने।
३..
भूतप्रेत आदिलाई मन्त्रद्वारा आफ्नो वशमा पार्ने।
४..
(नाम)
इन्द्रजाली।
५..
झाँक्री; धामी ।
६..
तपस्वी; योगी।
साधक(२)
(नाम [साध्+अक])
१..
तल्लो तहका अड्डाअदालतमा परेका, आफूले छिन्न नसकिने वा छिन्न नमिल्ने मुद्दामामिलामा आफ्नो राय लेखी निर्णयका निम्ति माथिल्ला अधिकारी वा अड्डामा पठाइने जाहेरी।
२..
आफ्नो अधिकारभन्दा माथिको वा आफूले आँट्न नसकिने विषयमा निकासाका निम्ति तालुकवाला अधिकारी वा अड्डालाई लेखी पठाइने रिपोर्ट।