साफी
Romanized: saaphi, saafi, safi, saaphee
साफी (saaphi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
साफी(१)
(नाम [साफ+ई])
१..
एकपल्ट लेखेको कुरा दोहोऱ्याएर सफा र शुद्धसँग सार्ने काम; मसौदा वा खेस्रा राम्ररी सार्ने काम।
२..
दोहोऱ्याएर सफासँग सारेको कागत; मसौदा वा खेस्रा सारेको शुद्ध प्रति।
३..
(विशेषण)
दोहोऱ्याएर सफासँग सारेको; मसौदाबाट सफा प्रति उतारिएको।
साफी(२)
(नाम [अरबी])
१..
गाँजा, कक्कड आदिका चिलिमको भेट्नामा धुवाँ छान्नका लागि बेरिने कपडा वा त्यसमा घुसारिने घाँस, पराल आदिको बुजो।
२..
रुमाल।