सेर
Romanized: ser, shera, sher, sera
सेर (ser) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सेर(१)
1.
ना. [सं.] पुरानो प्रणालीको तौलमा मनको चालीसौँ भाग; असी तोला तौलको परिमाण।
सेर(२)
१..
सिंह।
२..
वीर पुरुष; बहादुर मानिस।
सेर(३)
१..
दुई पङ्क्तिमा कुनै भावको पूर्णता आउने गरी लेखिने एक प्रकारको फारसी वा उर्दू कविता।
सेर(४)
1.
ना. [सेल] नेपालको पश्चिमी भेकमा मही फटाई बनाइने एक प्रकारको रोटी।