स्वतन्त्र

Romanized: svatantr, swatantra, swatantr, shvatantra

अरू कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अरू कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने; स्वाधीन।
२.
अरूको अवलम्ब, आधार वा आश्रय केही नभएको (जस्तो- स्वतन्त्र रचना, स्वतन्त्र मतदान आदि)।
३.
कुनै नियम-विधि वा प्रतिबन्धबाट मुक्त (जस्तो- स्वतन्त्र नागरिक, स्वतन्त्र चिन्तन आदि)।
४.
अरू कसैसँगको सम्पर्क नभएको; अलग; भिन्न।

सम्बन्धित शब्दहरू