स्वर
Romanized: svar, swara, swar, shvara
प्राणीहरूका उच्चारण-अवयवहरूबाट वा एक वस्तुको अर्को वस्तुमा आघात पर्दा निस्कने कोमलता, तीव्रता, आरोहअवरोह… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्राणीहरूका उच्चारण-अवयवहरूबाट वा एक वस्तुको अर्को वस्तुमा आघात पर्दा निस्कने कोमलता, तीव्रता, आरोहअवरोह आदिले युक्त ध्वनि; आवाज; शब्द।
२.
ध्वनिका स्वरवर्णमध्ये पहिलोचाहिँ (अ, आ, इ, इ.)।
३.
सङ्गीतमा निश्चित गरिएका सात ध्वनि वा सुर (षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र निषाद)।
४.
वेदपाठका सन्दर्भमा उदात्त, अनुदात्त र स्वरित नामक तीन प्रकारका हुने शब्दको उतारचढाउ।
५.
सास लिने बेला नाकबाट निस्कने वायुका कारणबाट उत्पन्न हुने शब्द।
६.
आकाश।