हल्लनु

Romanized: hallanu

हावाको वेगले वा आफ्नै शक्तिले यताउति चल्नु; चलमलाउनु, भुल्नु, हल्लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
हावाको वेगले वा आफ्नै शक्तिले यताउति चल्नु; चलमलाउनु, भुल्नु, हल्लिनु।
२.
लगलग, लुगलुग, डगडग, थरथर आदि चालसित काम्नु; कम्पन हुनु।
३.
आफ्नो ठाउँबाट डग्नु, चल्नु।
४.
काम न काजसित यताउति हिँड्नु; लरखरिनु।
५.
डराउनु; हप्किनु ।

सम्बन्धित शब्दहरू