हात
Romanized: haata, haat, hat, hata
शरीरको कुमदेखि औंलाका टुप्पासम्मको अवयव; कुहुनादेखि वा हर्युङ्गादेखि औंलासम्मको अङ्ग; बाहुली; बाहाँ; बाहु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत हत्थ]
१.
शरीरको कुमदेखि औंलाका टुप्पासम्मको अवयव; कुहुनादेखि वा हर्युङ्गादेखि औंलासम्मको अङ्ग; बाहुली; बाहाँ; बाहु; हस्त।
२.
कुइनादेखि माझी औंलाको टुप्पासम्मको लामो नापो; आधा गजको परिमाण।
३.
अख्तियार; अधिकार; पहुँच।
४.
तास, कौडा आदि खेलको पटक; चोटि।
५.
(विशेषण)
दुई बित्ताको; आधा गज नापो भएको।