हेर्नु
Romanized: hernu
आँखाद्वारा कुनै व्यक्ति वा वस्तुको रूप, रङ्ग, आकृति आदिको ज्ञान प्राप्त गर्नु; आँखा लगाउनु, दर्शन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत हेर्नु]
१.
आँखाद्वारा कुनै व्यक्ति वा वस्तुको रूप, रङ्ग, आकृति आदिको ज्ञान प्राप्त गर्नु; आँखा लगाउनु, दर्शन गर्नु।
२.
रेखदेख पुऱ्याउनु; हेरविचार गर्नु।
३.
कुरुवा बस्नु; कुर्नु; रुड्नु।
४.
ज्योतिष-शास्त्रअनुसार कसैको ग्रहगतिको शुभ वा अशुभ फल बताउनु।
५.
बाटो कुर्नु; प्रतीक्षा गर्नु।
६.
अध्ययन गर्नु; लिखित वा मुद्रित लिपिबाट ज्ञान हासिल गर्नु।
७.
भूत-प्रेत, बोक्सी आदिको लागो विचार गर्नु।
८.
विवेक पुऱ्याउनु; विचार गर्नु।
९.
पालन-पोषण गर्नु।