अक्षता
Romanized: akshataa, akshata, aksataa, akshat
चामलका सग्ला गेडा, देवपितृकार्यमा चढाउन, पूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा; जोखना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चामलका सग्ला गेडा, देवपितृकार्यमा चढाउन, पूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा; जोखना आदिमा प्रयोग गरिने चामलका गेडा; अछेता।
२.
(विशेषण)
सम्भोगक्रियाद्वारा योनि क्षत नभएकी; कुमारी।