अनुमोदन
Romanized: anumodan, anumodana
कसैले उठाएको, सुझाएको वा प्रस्ताव गरेको कुरालाई समर्थन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैले उठाएको, सुझाएको वा प्रस्ताव गरेको कुरालाई समर्थन गर्ने काम।
२.
आधिकारिक रूपमा प्रस्तुत प्रस्तावलाई स्विकार्ने कार्य।
३.
भइसकेको कुनै कामकुरालाई पछिबाट समर्थन गर्ने काम।
४.
कसैले कुनै कामकुरा गर्न पाऊँ भनी निवेदन गर्दा निजलाई सो कामकुरा गर्न प्रदान गरिएको सहमति वा पूर्वस्वीकृति; समर्थन; स्वीकार; सहमति।